रशिदको बलिङ र ब्याटिंङ दुबै चम्केपछि हैदरावादसँग हार्‍यो कोलकाता


जारी भारतीय क्रिकेट लिग आइपिएलमा फाइनल प्रवेशका लागि भएको अन्तिम क्वालिफायरमा सनराइजर्स हैदरावाद विजयी भएको छ। रसिद खानको उत्कृष्ट खेलले शुक्रबार कोलकाता नाइटराफडर्सलाई हैदराबादले १४ रनले हरायो।

फाइनलमा यस वर्षको आइपिएल उपाधिका लागि हैदरावादले चेन्नई सुपर किङ्ससँग भिड्नेछ। आइतबार मुम्बइको वाङखाडे रंगशालामा हैदरावाद र चेन्नईबिच फाइनल खेल हुनेछ।

शुक्रबार हैदरावादले पहिले बयाटिङ गर्दै नाइट राइडर्सलाई १ सय ७५ रनको लक्ष्य लिएको थिए। लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रेको कोलकाताले ९ विकेट गुमाउँदै २० ओभरमा १ सय ६१ रन मात्र जोड्न सक्यो।

दोस्रो विकेट गुमाउँदा ८७ रन जोडेको कोलकाताले मध्यक्रमका ब्याटिङमा धर्मराउन पुग्यो। हृदराबादका रसिदले ४ ओभर खेल्दै १९ रन दिदैं ३ वीकेट लिएपछी कोलकाताको ब्याटिङ जीततर्फ उन्मुख हुन् सकेन। कोर्लोस बाथवेट र सिद्धान्त कौलले नाइटराइडर्सको २-२ विकेट झारे।

कोलकाताका लागि क्रिस लियोनले सर्वाधिक ४५ रन जोडेका थिए।

बलिङमा चम्केमा रसिद खानको ब्याटिङ पनि हैदरवादको जीतको लागि कारक बन्यो।रसिदले टोलीका लागि १० बलमा नटआउट ३४ रन जोडेका थिए। रसिदले १० बलमा दुई चौका र चार छक्का प्रहार गरेका थिए। खेलमा उनी म्यान अफ द म्याच घोषित भए।

कोलकाता जस्तै पहिले ब्याटिङ गरेको हैदराबादका मध्यक्रमका ब्याटस्म्यानहरू चम्कन सकेनन्।

यस्तै ऋद्धिमान साहले ३५ रन र शिखर धवनले ३४ रन जोडे। बलिङमा कोलकाता कुलदीप यादवले २ विकेट लिए।

पहिलो क्वालिफायरमा चेन्नईसँग हैदरावाद पराजित भएको थियो भने समूह चरणमा खेलिएका दुवै खेलमा पनि चेन्नईसँग हैदरावाद हारेको थियो। फाइनलमा ऊसँग ती सबै हारहरूको बदला लिने अन्तिम मौका बाँकी रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.