क्रिकेट मैदानमा अब स्मार्ट वाच प्रयोग गर्न नपाइने


इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)ले क्रिकेट मैदानमा स्मार्ट वाच प्रयोग गर्न रोक लगाएको छ।

खेलाडीहरू बीचको म्याच फिक्सिङ हटाउन वाच लग्न नपाइने निर्णय आइसीसीले गरेकाे हाे।

आइसीसीको प्लेयर एण्ड म्याच अफिसियल एरिया (पिएमओए) रेगुलेसनका अनुसार खेल क्षेत्रमा सञ्चारका उपकरण प्रयोग गर्न नपाइने भएको हो।

यो निर्णयसँगै खेलाडीहरूले अब खेल मैदानमा जाँदा सम्पूर्ण उपकरण बाहिरै छाड्नुपर्ने भएको छ।

केही अफिसियल व्यक्तिले भने मोबाइल, स्मार्ट वाच लगायतका सामग्रीभित्र लान सक्छन्। पाकिस्तानका खेलाडीहरूले स्मार्ट वाच प्रयोग गरेर म्याच फिक्सिङ गरेको भन्ने विवादपछि यस्तो निर्णय भएको अनुमान गरिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.