घाइते भए विराट कोहली


आइपिएल क्रिकेटका दौरान फिल्डिङ गर्ने क्रममा रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहली घाइते भएका छन्। उनी सनराइजर्स हैदरावाद विरुद्धको खेलमा घाइते भएका थिए।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (विसिसिआई) ले कोहली घाइते भएको पुष्टि गरेको हो। उनलाई नाकमा चोट लागेको छ।

उनलाई बिसिसिआईका मेडिकल टिमले जुन १५ सम्म आराम गर्न सल्लाह दिएका छन्। १५ जुनमा पुन: उनको शारिरिक तन्दुरूस्ती परिक्षण हुनेछ। टेस्ट

रिपोर्टका आधारमा उनी इंग्यान्ड र आइरल्यान्ड भ्रमण टोलीमा हुने नहुने तय हुनेछ। भारतले डब्लिनमा जुन २७ डब्लिनमा पहिलो खेल खेल्नेछ।

चोटका कारभ अब कोहलीले इंग्ल्यान्डमा खेल्न लागेको घरेलु क्रिकेट पनि खेल्न नपाउने भएका छन्। उनले सुरे क्लबबाट घरेलु क्रिकेट खेल्न लागेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.