टुँडिखेलमा गणतन्त्र दिवस (तस्बिरहरू)


संघीय नेपालको गणतन्त्र दिवस आज मुलुभर  विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको ११ वर्ष प्रवेशको अवसरमा राजधानीको टुँडीखेलमा झाँकीसहित भब्य रूपमा गणतन्त्र दिवस मनाइएको हो।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखलगायत सहभागी छन्।

२०६२/६३ को जनआन्दोलन पछि गठित संसदको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले राजसंस्था अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा गरिएको थियो।  उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रूपमा त्यसयता मनाइँदै आएको छ। यस वर्षबाट सार्वजनिक बिदा काटिएको छ । तथापि, प्रदेश ५ ले भने आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

हेर्नुहोस् तस्बिरमा

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.