प्रदेश र स्थानीय तहलाई ४ खर्ब

आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडा।तस्बिर : नारायण महर्जन/सेतोपाटी


संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई विभिन्न अनुदानमार्फत आगामी वर्षका लागि ४ खर्ब बढी विभिन्न प्रकारका अनुदान उपलब्ध गराउने भएको छ।

संघीय संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दे अर्थमन्त्री युवराज खतिवडाले वित्तीय समानीकरण अनुदानमार्फत प्रदेश र स्थानीय तहका लागि १ खर्ब ३५ अर्ब ५० करोड ७३ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए।
त्यस्तै खतिवडाले राजश्व बाँडफाड बापत दुवै तहका सरकारका लागि १ खर्ब १४ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए।

उनले सर्तसहित कुनै योजना वा कार्यक्रम कार्यान्वयन गर्न दिइने अनुदान स्थानीयलाई १ खर्ब ८४ अर्ब र प्रदेशलाई ६३ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.