पहिलो पूर्ण संघीय बजेट आज


तीन तहका निर्वाचन भएर संघीय समिकरण पुरा भएको नेपालमा संघीय सरकारको पहिलो पुर्ण बजेट आज आउने भएको छ।

पूर्वाधार निर्माण र आर्थिक विकासको आधार वर्ष घोषणा गरेको सरकारले ठुला पूर्वाधार, रोजगारी र समानतामा आधारित बनाएर बजेट ल्याउने सरकारी तयारी छ।

महात्वाकांक्षी घोषणसहित निर्वाचनमा गएको वाम गठबन्धनको सरकारले समाजवादको आधार तयार पार्नेगरी बजेट ल्याउने यसअघि नै प्रष्ट पारिसकेको छ।

आउने पाँच वर्षभित्र प्रतिव्यक्ती आय दोब्बर बनाउने र त्यसको लागि आगामी वर्षलाई आधार वर्ष भनेर सरकारले घोषणा गरेको छ। आगामी वर्ष १० प्रतिशत नजिक र त्यसपछिका चार वर्ष लगातार १० प्रतिशतमाथिको आर्थिक बृद्धिदर हात पार्ने लक्ष्य लिएको सरकारले आगामी वर्षको आयव्ययको अनुमान संघीय संसदमा पेस गर्ने भएको छ।

नेपालको संविधान २०७२ को व्यवस्थाअनुसार प्रत्येक जेठ १५ मा संघीय सरकारले बजेट पेस गर्नुपर्ने व्यवस्थाअनुसार अर्थमन्त्री डा युवराज खतिवडाले आज बेलुका ४ बजे संसदमा बजेट पेस गर्ने छन्।

अधिकांस पुरानै ठुला आयोजनालाई निरन्तरता दिने सरकारले केही नयाँ कार्यक्रम पनि समावेस गर्ने बताएको छ। राजमार्ग, चुनावी घोषणापत्रमा उल्लेख भएका कतिपय कार्यक्रमले यसपालीको बजेटमा ठाउँ पाने छन्।

अघिल्लो वर्ष १२ खर्ब ७८ अर्बको बजेट ल्याइएपनि स्रोत शुनिश्चित भएको १० खर्ब ७८ अर्बमात्र वास्तविक बजेट भएको अर्थमन्त्रालयले अर्धवार्षिक समिक्षामार्फत बताइसकेको छ।

गएको पाँच वर्षको औसत राजश्व बृद्धिदर १९ प्रतिशत रहेकोमा वैदेशिक ऋण र अनुदान पनि आशा गरेअनुसार बढ्न सकेको छैन। यस्तो अवस्थामा करका दर र दायरा विस्तार गरेर राजश्व बृद्धि गर्ने र वैदेशिक ऋण र अनुदान बढाएर बजेटको आकार केही बढ्ने बताइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.