अर्थतन्त्र सुधारोन्मुखः अर्थमन्त्री खतिवडा


सरकारले आर्थिक समाजिक चुनौतिहरु कायम रहेपनि अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थालेको बताएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै पछिल्लो राजनीतिक स्थिरतासँगै अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थालेको बताएका छन्।

संविधान जारीभएसँगै लगानीको वातावरण अनुकूल हुँदै गएकाले अर्थतन्त्रमा त्यसको प्रभाव देखिन थालेको सर्वेक्षण उल्लेख गरिएको छ।

अघिल्लो दशकमा औसत ४दशमलब ३ प्रतिशत रहेको आर्थिक बृद्धिदर यो वर्ष ५ दशमलब ९ प्रतिशत अनुमान गरिएको र यो सुधारको संकेत भएको सरकारको बुझाइ छ।

पछिल्लो समय विद्युत आपूर्तिमा सहजता, व्यापारको बृद्धि र निर्माणमा आएको तीब्रताले बृद्धिदरमा सुधार आएको बताइएको छ।

यद्यपी व्यापार घाटा, बढ्दो सरकारी चालु खर्च, साँघुरिँदै गएको स्रोत, व्याप्त गरिबी नेपाली समाजका ठुला समस्या औल्याइएको छ। आगमी दिनमा त्यस्ता समस्या सम्धोन गर्न थप प्रयास गर्नुपर्ने औल्याइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.