शैक्षिक प्रमाणपत्र धरौटी राखेर यस वर्षबाट ऋण पाइने

आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडा। तस्वीर: नारायण महर्जन


सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट मार्फत शैक्षिक प्रमाणपत्र धरौटी राखेर यस वर्षबाट ऋण दिने भएको छ।

अर्थमन्त्री युवराज खतिवडाले सो कार्यक्रम घोषणा गर्दै प्रति विद्यार्थी ७ लाखसम्म ऋण दिने व्यवस्था मिलाइने बताएका छन्।

यसका लागि ५ प्रतिशत ब्याज तथा अनिवार्य सुरुक्षणको व्यवस्था गरिने अर्थमन्त्रीले बजेट वक्तव्यमार्फत जानकारी गराएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.