१ अर्ब बढी चुक्ता पुँजी भएका उत्पादनमूलक कम्पनी अनिवार्य पव्लिकमा जानुपर्ने

आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडा। तस्वीर: नारायण महर्जन


१ अर्बभन्दा धेरै चुक्ता भएका उत्पादनमूलक कम्पनीहरुले अब सर्वसाधारणलाई अनिवार्य सेयर जारी गर्नुपर्ने भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमार्फत त्यस्ता कम्पनीहरु अनिवार्य पव्लिकमा जानुपर्ने व्यवस्था गरेका हुन्।

यो व्यवस्थासँगै तोकिएको चुक्ता पुँजी पुगेका विभिन्न उत्पादनमूलक उद्योगहरुले सर्वसाधारणलाई सेयर जारी गर्नुपर्नेछ।

हालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरुको वर्चस्व रहेका बेला यो व्यवस्थाले उत्पादनमूलक उद्योगहरुको हिस्सा बढ्ने अनुमान गरिएको छ।

यसअघि नेपाल धितोपत्र बोर्डले उत्पादनमूलक उद्योगहरुले न्यूनतम १० प्रतिशत मात्रै सेयर पनि सर्वसाधारणलाई जारी गर्न सक्ने व्यवस्था गरेको छ। प्रिमियम रकम समेत थप गरेर ति कम्पनीहरुले आइपिओ जारी गर्न सक्नेछन्।

बैंक तथा वित्तीय संस्थाहरुले ३० प्रतिशत सेयर अनिवार्य सर्वसाधारणलाई जारी गर्नुपर्ने व्यवस्था छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.