वृद्धभत्ता बढेन, ७० कटेका नागरिकको स्वास्थ्य बीमा सरकारले गरिदिने


सरकारले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गरिदिने भएको छ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आव ०७५/०७६ को बजेट संसदमा पेश गर्दै ७० कटेका नागरिकको १ लाखसम्मको स्वास्थ्य बीमा सरकारले वेहोर्ने घोषणा गरे।

त्यस्तै उनले सातै प्रदेशमा एउटा/एउटा वृद्धाश्रम बनाउने घोषणा पनि गरेका छन्।

‘प्रत्येक प्रदेशमा एक जेष्ठ नागरिक  आरोग्य आश्रम स्थापना गरिनेछ। ७० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकलाई १ लाख सम्मको स्वास्थ्य विमा गरिदिइने छ,’ अर्थमन्त्री खतिवडाले भने।

उनको पार्टीले आफ्नो चुनावी घोषणापत्रमा वृद्ध भत्ता बढाएर ५ हजार पुर्‍याउने भनेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.