क्यानबेरामा यसरी मनाइयो सगरमाथा दिवस


अस्ट्रेलियाको लागि नेपाली राजदूतावास क्यानबेराले स्थानीय रेड हिल नेचर पार्कमा हाइकिङ आयोजना गरेर सगरमाथा दिवस मनाएको छ।

प्रत्येक मे महिनाको २९ तारिख सगरमाथा दिवस मनाइने गरिएता पनि राजदूतावास क्यानबेराले बिदाको दिन पारेर सोमबारनै सो दिवस मनाएको हो।

नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलो पटक संसारको सर्वोच्च शिखर आरोहण गरेका थिए।

कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले सगरमाथासँंग साइनो जोडिएका संसारका सबै पर्वतारोहीहरूको लागि यो संझनायोग्य दिन रहेको बताइन्।

उनले सगरमाथाको सफल आरोहण आफैंमा ऐतिहासिक र महत्वपूर्ण रहेको र यसलाई संझना गर्न पाउनु हाम्रो लागि गौरवको विषय भएको बताइन्।

कार्यक्रममा क्यानबेरा नेपाली समाजका अगुवा, एनआरएनकी पूर्वप्रवक्ता रन्जु वाग्ले, प्रदेश सांसद गिता वाग्ले लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रममा अस्ट्रेलियन पर्वतारोही टोलीका सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.