सिड्नीमा पहिलोपटक बाल साहित्य महोत्सव


अन्तर्राष्ट्रिय साहित्य समाज ,न्यु साउथवेल्स च्याप्टरको आयोजनामा बाल साहित्य महोत्सवको आयोजना गरिएको छ।

महोत्सवमा करिब सिड्नी वरपरका करिब पच्चीस बालबालिकाले आफ्ना रचना र कविता वाचन गरेका थिए। प्रवासमा नेपाली भाषाको उत्थानमा लागिपरेको अन्तर्राष्ट्रिय साहित्य समाजले भाषा र साहित्यमार्फत् प्रवासमा रहेका नयाँ पुस्तालाई जोड्न पहिलो पटक यस्ता कार्यक्रमको थालनी गरेको हो।

महोत्सवमा अमरा काफ्ले प्रथम , बिभु सापकोटा द्वितिय भएका थिए। न्यु साउथवेल्सका महावाणिज्यदूत दीपक खड्का तथा अन्तर्राष्ट्रिय साहित्य समाजका उपाध्यक्ष भिमसेन सापकोटा( राजन)ले विजयी प्रतिभाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

अन्तर्राष्ट्रिय साहित्य समाज,न्यु साउथवेल्स च्याप्टरको महासचिव महेश्वर शर्माले सञ्चालन गरेको कार्यक्रममा संयोजक सानु शर्माले सहभागी तथा सहयोगीहरूलाई धन्यवाद प्रदान गरेकी थिइन्।

नयाँ पुस्तामा नेपाली भाषालाई मुखारित गर्न सके मात्र प्रवासमा नेपाली कला साहित्यको सम्वर्धन हुने हुँदा नयाँ पुस्तालाई केन्द्रीत गरिएर बाल साहित्य कार्यक्रम आयोजना गरिएको एनएसडब्लु संयोजक सानु घिमिरेले बताइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.