अत्यधिक वर्षाका कारण श्रीलङ्कामा १५ को मृत्यु, दशौँ हजार प्रभावित

तस्वीर: रोयटर्स


श्रीलङकामा आएको अत्यधिक मनसुनी बर्षाका कारण शुक्रबार सम्ममा १५ जनाको मृत्यु भएको छ ।

वर्षाका कारण एक लाख २६ हजार जना प्रभावित भएको र हजारौ परिवारलाई सुरक्षित ठाँउमा सारिएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरूले बताएका छन् ।

केन्द्रका प्रवक्ता प्रदीप कोडिप्पीलीले अत्यधिक बर्षाका कारण नराम्रो अवस्था आउन सक्ने पूर्वानुमान गरिएको बताउदै घटनास्थलमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र उद्धारकर्मीहरुको टोली खटाइएको जानकारी दिए ।

उत्तरी र दक्षिणी श्रीलङ्काका प्रभावित ठाँउहरूका झण्डै चार हजार घरहरुमा पूर्ण तथा आंशिक क्षति भएको बताइएको छ ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रभावितहरूलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका थिए ।

मौसम पुर्वानुमान विभागले पनि देशभरी ठूलो वर्षा हुने भविष्यवाणी गरेको थियो । श्रीलङ्कामा हरेक बर्ष अत्यधिक वर्षाका कारण ठूलो धनजनको क्षति हुने गरेको छ ।

गत वर्ष वर्षाका कारण आएको बाढी पहिरोमा परी २०० भन्दा बढीको मृत्यु भएको थियो भने ७८ जना बेपत्ता भएका थिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.