पाटा डेस्टिनेसन बोर्ड अध्यक्षमा दिपकराज जोशी


नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशी प्यासाफिक एसिया ट्राभल एसोसिएसन(पाटा)को गभर्नमेन्ट डेस्टिनेसन बोर्डको अध्यक्षमा नियुक्त भउका छन्।

हालै सम्पन्न पाटाको वार्षिक साधारणसभाले जोशीलाई अध्यक्षमा चयन गरेको बार्डले जानकारी दिएको छ। पाटाको सदस्य भएको पाँचदशकमा पहिलोपटक नेपालबाट उक्त बोर्डको अध्यक्षता गर्ने मौका पाएको हो।

दक्षिण कोरियाको वाङहोङमा सम्पन्न साधारणसभाले पाटाको गन्तव्य प्रबद्र्धन, अध्ययन, अनुसन्धान गर्ने बडीको नेतृत्वमा जोशीलाई चयन गरेको हो।

पाटामा एसिया प्यासफिक क्षेत्रका ९५ सरकारी, सहरी पर्यटन संस्था, २५ बढी अन्तर्राष्ट्रिय एयरलाइनस र एयरपोर्ट, १०८ अस्पिटालिटी संस्था, ६५ बढी शैक्षिक संस्थाहरु रहेका छन्। त्यस्तै ३६ बढी स्थानीय च्याप्टरमा लाखौै पर्यटन व्यवसायी संलग्न भएको पाटाले जानकारी दिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.