कास्कीमा नयाँ पदमार्ग पहिचान


कास्कीको अन्नपूर्ण गाँउपालीकाका वडानम्बर ८, १० र ११ अन्र्तगत ओझेलमा परेका पर्यटकीयस्थलहरुलाई समेटेर विरेठाँटी, मोहोरिया, थामडाँडा, टारापानी पर्यटक पदमार्ग पहिचान भएको छ।

अन्नपूर्ण गाँउपालिकाको सहयोगमा वडा नम्बर ८ को एक टोलीले पदमार्गको अनुगमन समेत गरेको छ। स्थानियवासीको माग अनुसार पदमार्ग सर्वे भई गाँउपालिकाबाट बजेट विनियोजन गरि पदमार्गको बाटो निर्माण गरिएको छ।

पदमार्गलाई व्यवस्थित गर्न सके आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य बन्न सक्ने गाँउपालीका वडा नम्बर ८ का अध्यक्ष विजय गुरुङको विश्वास छ।

हिमलयनको लोभलाग्दा दृश्य संगै धार्मिक, साँस्कृतिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यतायुक्त स्थलहरुको अवलोकन गर्नु नै पदमार्गको विशेषता रहेको उनको भनाई छ । पदमार्गमा पुर्वाधार विकासका लागि अगामी दिनमा गाँउपालीका संगको समन्वयमा बजेट विनियोजन गरिने बताए ।

पदयात्रा गर्नेहरुका लागि पदमार्ग उपयुक्त रहेको पदयात्रीहरुको भनाई छ। पदयात्रा जाने पदयात्रीहरुका लागि पुर्वाधार निर्माण भने गर्न सकिएको छैन । प्राकृतिक सौन्दर्यता र ऐतिहासिक स्थलहरुले गर्दा यात्रालाई सहज बनाइदिने पदयात्री राम गुरुङले बताए । बाटोमा भेटिने ऐतिहासिक स्थलहरुले पदयात्राको अकर्षक बढाएको उनको भनाई छ ।

पोखरादेखि करिब ५२ किलोमिटरको सवारी साधान यात्रा पछि यो पदमार्गको यात्रा शुरु हुन्छ । पदमार्ग कास्कीको अन्नपूर्ण आधार शिविर, घोरेपानीलगायत पदमार्गसँग पनि जोडिने भएकाले यसको महत्व छ। विरेठाँटीदेखि टारापानी, घान्द्रुक हुँदै पुनः विरेठाँटी मै पुग्ने गरि पदमार्गको अवधारणा कार्यान्वयनका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरीएको पदमार्ग व्यवस्थापन समिति संयोजक मानसिँह विश्वकर्माले बताए।

गुरुङ जातिको बहुल्यता रहेको यस पदमार्गका गाँउहरुमा दलित ब्राह्मण, क्षेत्रि, मगर, दलित समुदायको बसोबास छ।

दुई रात तिन दिनमा पुरा गर्न सकिने यो पदमार्गमा आवश्यक पुर्वाधार निर्माण संगै सुधार गर्न सकिए वैकल्पिक पदमार्ग बन्नेमा स्थानिय आशावादी छन्। कास्कीको विरेठाँटी छाहरा कुना, होमस्टे, थामडाँडा, करिव २९ सय मिटर उचाईमा भ्रेज मेश्राम बराह मन्दिर, ऐतिहासिकस्थल मु्रस्योथान, पर्यटकिय गन्तव्य टारापानी, भैसी खर्क, घान्द्रुक, यस पदमार्ग भित्र पर्छन्।

यस पदमार्गमा जाने पदयात्रीले मनोरम हिमालय श्रङखलासँगै अर्गानिक परिकार संगै क्यानोनिङ्ग, कयाकिङ्ग लगायत साहासिक खेलको मज्जा समेत लिन पाउँछन्। प्राकृतिक सौन्दर्यता, ऐतिहासिकस्थल, हिमशृङ्खला, कला, संस्कृति, हिमाली जनजीवन र भूगोलमा रमाउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाई यो पदमार्ग बन्न सक्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.