जापान​मा प​हिलो प​ट​क सेलेब्रिटीको लागि इन्ट​र​नेश​न​ल​ अवार्ड​


जापान​मा प​हिलो प​ट​क सेलेब्रिटीको लागी इन्ट​र​नेश​न​ल​ अवार्ड​ आयोज​ना हुने भ​एको छ​ ।

इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनी,​ सुर्य कर्पोरेसनले जापानको टोकियोमा अवार्ड शो आयोजना गर्न ग​र्न​ लागेको हो ।

लामो समय देखि आन्तरिक कसरतमा रहेको कर्पोरेसनले  ब्यानर सार्वजनिक ग​र्दै अवार्ड​को घोष​णा ग​रेको हो । डान्स​, कमेडी, गाय​न​ र​ अभिनय ​ विधामा र​हेर​ अवार्ड​ दिइनेछ ।

विश्व​कै स​बै भ​न्दा व्यस्त​ र​ म​हँगो श​ह​र​ टोकियोमा अहिले स​म्म​कै ठुलो साँस्कृतिक कार्य​क्र​म​ बिच​ अवार्ड​  हुने आयोज​क संस्थाका बासु देव​ लामिछानेले ब​ताए ।

अवार्डमा नेपालबाट नयाँ पुराना ख्याती प्राप्त कलाकारहरुलाई टोकियोको एकै स्टेजमा ज​म​घ​ट​ गराउने आफूहरूको तयारी रहेको उनको भनाइ छ।

अवार्ड शो पपुलर अवार्डका रूपमा गर्न लागिएको हो ।

‘सुर्य इन्टरनेशनल अवार्ड’ नाम दिइएको अवार्ड​मा नेपाली चलचित्र र संगीततर्फ १२ विधामा नोमिनेसन छनोट गरि अनलाइन भोटिंग सिस्टमको आधारमा अवार्ड वितरण गरिने आयोजकको भनाइ छ ।

सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा अवार्ड हुनेछ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.