‘ए मेरो हजुर ३’बाट छोरीलाई डेब्यू गराउँदै झरना, अनमोलसँग बाँधिदिइन् जोडी


झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ३’बाट आफ्नै छोरी सुहाना थापालाई डेब्यू गराउने भएकी छिन्।

फिल्ममा उनले आफ्नी छोरीको जोडी अहिलेका स्टार अभिनेता अनमोल केसीसँग जुराएकी छन्।

सुहानी र अनमोललाई शनिबार निर्माता सुनिलकुमार थापा र निर्देशक झरनाले अनुबन्धित गरेका हुन् ।

हाल अनमोल आफ्ना बाबु भुवन केसीले निर्माण गरिरहेको ‘क्यापटेन’ फिल्मको छायाँकनमा व्यस्त रहेका छन्।

उनले ‘ए मेरो हजुर ३’ ‘क्याप्टेन’ रिलिज भएको ६ महिनापछि रिलिज गर्ने सर्तमा खेल्न तयार भएको बताइन्छ।

भदौदेखि छायाँकनमा जाने फिल्म आगामी नयाँ वर्षमा रिलिज गरिनेछ । फिल्मका अन्य कलाकार र टिम फाइनल नभएपनि ‘ए मेरो हजुर २’बाट प्राय: जोडिने सम्भावना छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.