आँचलको फुलीमा किन पल्के पल? (भिडियो)


गायक कमल किरणको नयाँ गीत ‘पल्केँ’को भिडियोमा पल-आँचल एकसाथ देखिएका छन् ।

गीतको भिडियोमा आँचलको पछिपछि पल देखिएका छन् ।

अचानक भेट हुँदा पल-आँचलको टकराव शूरु भएपछि पलले आफु आँचलको फुलीमा पल्केको बताईरहेको दृश्य भिडियोमा छ ।

विकास सुवेदीले भिडियो निर्देशन गरेका छन् । गीतमा एक नारायण भण्डारीका शब्द छन् भने आशिष अबिरलको संगीत छ ।

गीतमा पल र आँचलको साथमा शाइनिङ्ग डान्स क्रुको नृत्य छ भने नृत्य निर्देशन अनुराग ठकुरीको हो ।

अनिल के मानन्धरले छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.