रिलिज मितिसँगै सलोनको ‘बाबु कान्छा’को फस्ट लुक सार्वजनिक


चलचित्र ‘बाबु कान्छा’ले फस्ट लुक सार्वजनिक गर्दै रिलिज मितिको समेत घोषणा गरेको छ।

फिल्म असार २९ गते रिलिज हुनेछ।  ।

सलोन बस्नेतको मुख्य भूमिका रहेको ‘बाबु कान्छा’ पोस्टरमा फिल्मका मुख्य  कलाकारहरुलाई नै पोस्टरमा प्रस्तुत गरिएको छ । पछिल्लो  समय निकै व्यस्त रहेका नायक सलोन बस्नेतले आफ्नो  अभिनय मार्फत चौतर्फी तारिफ बटुलेका छन्।

चलचित्र  ‘बाबु कान्छा’ बाट पनि दर्शकको माया अझै पाउने सलोनको विश्वास रहेको छ    ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’मा सलोन बस्नेत  नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।

फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।निर्माण पक्षले फिल्मको ट्रेलर चाडै सार्वजनिक गर्ने बताएको छ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन् ।

बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको  छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ छ।

फिल्ममा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी  संगीत रहेको  छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीत लाई रिमिक्स गरेका हुन् ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.