३ महिना पछाडि धकेलियो आँचलको ‘ब्ल्याक’


जेठ ११ गते रिलिज हुने भनिएको फिल्म’ब्ल्याक’को रिलिज मिति तीन महिना धकेलिएको छ।

वैशाख अन्तिम सातासम्म चलेको नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघबीचको शेयर बाँडफाँडको लफडाका कारण प्रचार प्रसारमा प्रभाव परेको भन्दै निर्माण युनिटले फिल्मको रिलिज मिति करिब ३ महिना धकेलेको हो ।

फिल्म अब आगामी भदौ १ गते रिलिज हुनेछ ।

ट्रेलर रिलिजसँगै औपचारिक प्रचार थालनीको तयारीमा रहेको निर्माण टिमले दर्शकलाई फिल्म र योसँग जोडिएको कन्टेन्टको बारेमा जानकारी पुर्याउन र नजिकबाट साक्षातकार गर्नको लागि ३ महिना पर सारेको जनाएको छ।

प्रदिप श्रेष्ठको निर्देशनमा बनेको फिल्म लभस्टोरी जनरामा आधारित छ ।

आश्मा पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा आँचल शर्मा र आकाश श्रेष्ठ मूख्य अभिनय छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.