कवितामा पनि संगीत भरेर गीतको स्वरूप


कवितामा पनि संगीत भरेर गीतको स्वरूप दिन सकिन्छ भन्ने उदाहरण पेस गरेका छन् अस्ट्रेलियामा रहेका नेपाली संगीतप्रेमीले।

कवितालाई गीति संरचना दिएर भिडियोसहित बजारमा आएको कविता हो ‘मलाई पागल भन्ने गर’।

सुमन पाण्डेको उक्त कविता कपिमा मात्रै सिमित नराखी सांगीतिक संरचनामा सजाएर प्रस्तुत गरिएको नेपाली साहित्य र संगीतमा नौलो परीक्षण हो। कवितालाई किरण भण्डारीले वाचन गरेका छन् भने विकास उप्रेतीको गायन रहेको छ।

संगीत संयोजन तथा लय किरण भण्डारीको रहेको भिडियोमा मोडलिङ उषा आचार्यले गरेकी छन्। यो भिडियो, उषाको पोर्ट्रेट भिडियो हो जसलाई छायांकनर सम्पादन र निर्देसन किरण भण्डारीले गरेका छन ।

अस्ट्रेलियाको राजधानी क्यानबेरालाई कर्मथलो बनाएर रमिरहेकी उषा आफ्नो पेसा नर्सिङसँगै मोडलिङमा पनि भविष्य खोज्दै छिन्। उमेर र रंगभन्दा पनि उत्पादनको प्रमोशनमा निभाउने भूमिका महत्त्वपूर्ण हुनाले यसमा सबै रंग र उमेरका मानिसले पेशा बनाउन सक्ने उनको तर्क छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.